काठमाडौँ, बिहिबार, १८ मङ्सिर २०७७ । नेपाली कां’ग्रेसका नेता प्रदीप पौडेलले बुधबार तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धड’पकडको दोषी प्रधानमन्त्री केपी ओली नै भएको आरोप लगाएका छन् ।
बुधबार तनहुँको व्यास नगरपालिका १ तालघरेमा बनेको तालघरे र दुम्सी जोड्ने पुलको उद्घाटन गर्न पुगेका पौडेलको गिरफ्तारीमा ओलीले नामर्दी देखाएको भन्दै पौडेलले यस्तो आरोप लगाएका हुन् ।
‘कस्तो संस्कारको विकास गर्न खोजिएको हो नेपालमा ? के गर्न खोजिएको हो ? यो त चरम सामन्तवाद र निरंकुशताको संकेत हो । मै राज्य हुँ । मेरो बोली नै राज्य हो । मैले भनेपछि हुनुपर्छ भन्ने अहंकार देखियो ?’, नेता पौडेलले आक्रोश व्यक्त गर्दै भने, ‘यो सबै कुराको दोषी वर्तमान प्रधानमन्त्री केपी ओली हुन् । प्रधानमन्त्रीले जसरी भ्रष्टाचारी र ठेकदारलाई संरक्षण गरेका छन् । त्यही अहंकार बोकेका मान्छे त्यहाँ भएका कारण यो परिस्थिति सिर्जना भएको हो ।’
नेपालको लोकतान्त्रिक आन्दो’लनमा जीवनभर लडेको व्यक्तिमाथि पुल उद्घाटनमा जाँदा भएको व्यवहार निन्दनीय र आप’त्तिजनक भएको पौडेलको ठहर छ । यो घटनालाई उनले सामन्तवाद र निरंकुशताको संकेत भनेका छन् । उनले सरकारको अहंकारको एउटा दृश्य तनहुँमा देखिएको भन्दै कडा शब्दमा आपत्ति जनाएका हुन् ।
पौडेलले गणतन्त्रमा राजनीतिक संस्कार बिग्रिएको र नयाँ थिति बसाल्ने नाममा पुरानो थितिलाई पनि थिच्ने गरी विकृति बढ्दै गएको बताए । पञ्चायतमा विरोधीलाई जसरी दमन गरिन्थ्यो आज पनि त्यही भइरहेको भन्दै उनले आपत्ति जनाए । तनहुँ घटनाले सरकारको अनुहार उदाङ्गो बनाएको पौडेलको भनाइ छ ।









































