Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४७:५९ बिहान
- ADVERTISEMENT -

उपत्यकामा साइकल लेनको योजना

प्रकाशित मिति: २०७७ मंसिर १७, बुधबार

612
Shares

काठमाडौँ, बुधबार, १७ मन्सुर २०७७ । काठमाडौँ उपत्यकामा साइकल लेनको अभाव भइरहेका बेला काठमाडौँ र ललितपुर दुई ठूला महानगरपालिकाले साइकल लेनको अवधारणा कार्यान्वयनको तयारी थालेका छन् ।

सहरी सौन्दर्यको प्रतीकका रूपमा साइकल लेन निर्माण गर्ने योजनामा दुई महानगरपालिका जुटेका हुन् । दुवै महानगरपालिकाले उपत्यकाभित्र निर्माण भइरहेका सडकमा साइकल लेन निर्माण गर्न समेत उपत्यकाका अन्य नगरपालिकालाई आग्रह गरेका छन् । काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन गर्ने तयारी गरेको छ ।

हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधारसहित साइकल लेन व्यवस्थित गरिन लागिएको हो । विद्यमान सडकमा साइकल लेनको डिजाइन र निर्माण नै त्रुटिपूर्ण हुँदा साइकल यात्रीलाई अवरोध सिर्जना भएको छ । साइकल लेनको सञ्चालनसम्बन्धी गुरुयोजना बनाई माइतीघर–तीनकुने साढे दुई किलोमिटर सडकमा साइकल लेन सञ्चालनको सुरुवात गर्न लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सहरी सौन्दर्य कायम हुने गरी साइकल लेन निर्माणको काम अगाडि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधारसहित साइकल लेन व्यवस्थित गरिन लागेका हाँै, साइकल लेन निर्माणले महानगरपालिकाको सहरी सौन्दर्य कायम गर्न सहयोग पुग्छ ।”

ललितपुर महानगरपालिकाले भने गोदावरीदेखि शिवपुरीसम्मको ४० किलोमिटरको लामो दूरीमा साइकल लेन निर्माण गर्ने प्रस्ताव अगाडि सारेको छ । महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले गोदावरीदेखि शिवपुरीसम्म जोडिएका पालिकाको सिमानासम्म साइकल लेन निर्माण गर्ने र एक पालिकाले अर्को पालिकाको सीमासम्म साइकल लेन पु¥याउने गरी ललितपुर महानगरपालिकाले साइकल लेन निर्माण गर्न लागेको उहाँले बताउनुभयो ।

त्यस्तै ललिपतुर महानगरपालिकाको सिमाना जोडिएको गोदावरीसम्म महानगरपालिकाले साइकल लेन पु¥याउने र गोदावरी नगरपालिकाले त्यसलाई तानेर दक्षिण ललितपुरको सिमाना जोडिएको बोटानिकल गार्डेनसम्म पु¥याउने प्रस्ताव अगाडि सारेको प्रमुख महर्जनले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा भएको साइकल लेन साइकल यात्रीले नभई पैदल यात्रुले प्रयोग गरिरहेका छन् । पैदल यात्रीका लागि छुट्याइएको बाटोमा भने गाडी तथा मोटरसाइकल पार्किङ गरिएको छ । साइकल लेनमा विभिन्न प्रयोजनका खम्बा, बिजुलीका पोल, प्रदूषण मापन गर्ने मेसिन, खाल्डाखुल्डीजस्ता अवरोध नै अवरोध छन्, जसका कारण साइकल यात्रीले यो लेन प्रयोग गर्न सक्ने अवस्था नरहेको काठमाडाँै महानगरपालिकाका प्रवक्ता डङ्गोलले बताउनुभयो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -