Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५४:१६ बिहान
- ADVERTISEMENT -

कोरोना परीक्षणमा एन्टिजेन परीक्षण सुरु

प्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार

724
Shares

काठमाडौं, १६ मङ्सिर २०७७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारबाट कोरोना परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ ।

कोरोना भाइरस पत्ता लगाउन मन्त्रालयले एन्टिजेन परीक्षण सुरु गर्न लागेको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौं उपत्यकाका कोरोना हटस्पटबाट एन्टिजेन परीक्षण सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले काठमाडौं महानगरपालिकाका कोरोना जोखिम क्षेत्र पहिचान गरी परीक्षण गर्न लागेको जानकारी दिनुभयो । डा. पाण्डेका अनुसार काठमडौं महानगर क्षेत्रमा कोटेश्वर, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिनेछ ।

उहाँले सोमबार पाँचसय जनाको एन्टिजेन परीक्षण गरिएको जानकारी दिँदै एन्टिजेनबाट २०÷२५ मिनेटमै कोरोना परीक्षण गरी रिपोर्ट आउने बताउनुभयो । एन्टिजेनमा पपिसिआर जस्तै विधि हो, डा.पाण्डेले भन्नुभयो, “घाँटीबाट स्वाब संकलन गरेर परीक्षण गरिन्छ ।”

उहाँले समग्र जनसंख्यामा भने एन्टिजेन परीक्षण नगर्ने बताउनुभयो । संक्रमितको सम्पर्कमा आएकाहरुलाई स्थानीय निकायको सहयोगमा काठमाडौंका कोरोना हटस्पट क्षेत्रका बासिन्दालाई मात्र एन्टिजेन परीक्षण गर्न लागेको बताउनुभयो ।
पाण्डेले तीनहजार पाँचसय जनसंख्यामा एन्टिजेन परीक्षण गरेर त्यसको नतिजाको आधारमा थप परिक्षण गरिने जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिजेन परीक्षणमा ८५ प्रतिशत परिणाम हुने मान्यता हुन्छ । काठमाडौं महानगरपालिकाको ४, ७ र ९ वडामा पहिलो सोमबार र मंसिर १७ मा १४, १६ र १० वडाका जोखिम स्थान तोकी परीक्षण गर्ने तयारी गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -