Opens in a new tab
२०८३ मंसिर १, सोमबार
३:५१:०१ राति
- ADVERTISEMENT -

तोकिएको पोशाक नलगाउने निजामती कर्मचारीहरू अब सिंहदरबार छिर्न नपाउने

प्रकाशित मिति: २०७७ मंसिर १५, सोमबार

967
Shares

काठमाडौं, सोमबार, १५ मङ्सिर २०७७ । तोकिएको पोशाक नलगाउने निजामती कर्मचारीहरू अब सिंहदरबार छिर्न नपाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको पोशाक नलगाउने कर्मचारीलाई सिंहदरबार छिर्न नदिने नियम बनाउने भएको छ ।

यस्तो नियम आगामी साताबाट लागु हुने संघीय मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । अर्यालले पोशाकले कर्मचारीलाई अनुशासित बनाउने बताए । निजामती कर्मचारीहरूले हरेक वर्ष पोशाक भत्ताबापत वार्षिक १० हजार रुपैयाँ बुझ्ने गर्छन् । तर आधाभन्दा बढी कर्मचारीहरूले भत्ता बुझे पनि पोशाक लगाउँदैनन् । ‘पोशाक लगाएका कर्मचारीहरू कार्यालय समयमा कार्यालयबाहिर जान या होटल रेष्टुरेष्टमा तथा व्यक्तिगत काममा जान नैतिक रूपमा अप्ठेरो पर्छ,’ संघीय मन्त्रालयका एक उपसचिव भन्छन्, ‘त्यसैले पनि निजामती कर्मचारी सकेसम्म पोशाक लगाउन चाहन्न्नन् ।’ माथिल्लो तहका तहका केही कर्मचारीहरू कार्यालय समयभित्रै लोकसेवा आयोगका तयारी कक्षामा पढाउन जाने गरेको छन् ।

तर पोशाक लगाएर तयारी कक्षामा जान उनीहरूलाई नैतिक संकट पर्छ । यसैगरी तोकिएको पोशाक लगाएमा कर्मचारीलाई कार्यालय समयभित्रै कार्यालयमा जान नैतिक बाध्यता हुन्छ। त्यसैले कर्मचारीहरू पोशाक लगाउन चाँहदैनन्,’ एक उच्च तहका कर्मचारीले भने ।
सिंहदरबारमा काम गर्ने कर्मचारीलाई लोकसेवा आयोगको तयारी कक्षामा भाग लिन सजिलो होस भने धेरैजसो तयारी कक्षा सिंहदरबार वरिपरि खोलिएका हुन्छन् । उनीहरू विभिन्न बाहना देखाएर लोकसेवा आयोगका तयारी कक्षामा पढाउन जाने गर्छन् । केही कमचारीले बिहान÷बेलुका लोकसेवा आयोगको तयारी कक्षामा जाने र दिनभर आफ्नो तयारी गर्ने गर्छन् ।

यद्यपि सरकारले अघिल्लो साता स्वीकृतिविना तयारी कक्षामा जान नपाउने नियम बनाएको छ । यो नियम पूर्ण रूपमा कार्यान्वयन हुनेमा स्वयं कर्मचारी नै विश्वस्त छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले हरेक वर्ष कार्यालय समयमा तोकिएको पोशाक लगाएको÷नलगाएको कर्मचारीको विषयमा छड्के अनुगमन गर्नेगर्छ ।

अनुगमनको क्रममा तोकिएको पोशाक नलगाई कार्यालय जाने कर्मचारीलाई विभागीय कारबाही गर्न विभागीय प्रमुखलाइ सिफारिस गर्नेगर्छ । अघिल्लो आर्थिक वर्ष काठमाडौंमा मात्र करिब २ सय ५० कर्मचारीलाई विभागीय कारबाही गर्न केन्द्रले सिफारस गरेको थियो तर सो सिफारिसलाई सम्बन्धित विभागीय प्रमुखले कहिले पनि कार्यान्वयन गरेका छैनन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -