Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०२:४२ दिउँसो
- ADVERTISEMENT -

तेह्रौँ सागको खर्च विवरण एक वर्षपछि सार्वजनिक

प्रकाशित मिति: २०७७ मंसिर १५, सोमबार

606
Shares

काठमाडौँ, सोमबार, १५ मङ्सिर २०७७ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक वर्षपछि १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को खर्च विवरण सार्वजनिक गरेको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवालले कोरोना महामारीका कारण खर्च विवरण सार्वजनिक गर्नमा ढिलाइ भएको बताउनु भयो ।

राखेपले आइतबार पत्रकार सम्मेलन गर्दै २०७६ साल मङ्सिर १५ गतेदेखि २४ गतेसम्म काठमाडौँ, पोखरा र जनकपुरमा सञ्चालन भएको १३ औँ सागको खर्च विवरण सार्वजनिक गरेको हो ।

साग सम्पन्न भएको तीन महिनाभित्रै सागको खर्च विवरण सार्वजनिक गर्ने योजना भए पनि कोरोना महामारीका कारण ढिलाइ भएको उल्लेख गर्दै सदस्यसचिव सिलवालका अनुसार साग खेलकुदतर्फ रु एक अर्ब ३१ करोड ७८ लाख ४३ हजार खर्च भएको छ भने पूर्वाधार निर्माणतर्फ रु दुई अर्ब ८६ करोड १४ लाख २८ हजार खर्च भएको छ ।

सरकारबाट, टिकट बिक्रीबाट, विज्ञापनबाट र सागमा सहभागी राष्ट्रबाट प्राप्त भएको रकम गरी कूल रु एक अर्ब ३७ करोड २७ लाख ९४ हजार आम्दानी भएको उहाँले जानकारी दिनुभयो । यसैगरी, रु एक करोड ९३ लाख ८० हजार खर्च गर्न नसकी फ्रिज भएको सिलवालले बताउनुभयो ।

सदस्यसचिव सिलवालका अनुसार टिकट बिक्रीबाट रु दुई करोड ६७ लाख ११ हजार, विज्ञापनबाट रु २० लाख ९९ हजार तथा सहभागी राष्ट्रहरुबाट रु ११ करोड २१ लाख ३५ हजार प्राप्त भएको थियो । साग प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा रु ११ करोड ५९ लाख ८८ हजार खर्च भएको छ ।

होटल बसोबासमा रु १३ करोड ५९ लाख ६७ हजार, खेल सामग्री व्यवस्थापनमा रु २८ करोड २२ लाख ८३ हजार, राष्ट्रिय टोली व्यवस्थापनमा रु ३० करोड ८० लाख ८१ हजार तथा सचिवालयतर्फ रु १५ करोड १७ लाख ९२ हजार खर्च भएको छ ।

यसैगरी, १३औँ सागमा पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागी राष्ट्रिय सङ्घलाई प्रदान गरिएको पुरस्कारबापत गरी रु २२ करोड ७६ लाख खर्च भएको राखेपले जनाएको छ । सदस्यसचिव सिलवालका अनुसार रु तीन करोड ५५ लाख ७१ हजार मौज्दात रहेको छ । सरकारले साग सञ्चालन गर्नका लागि रु एक अर्ब २३ करोड १८ लाख ४८ हजार उपलब्ध गराएको उनले जानकारी दिनुभयो ।

साथै, सदस्यसचिव सिलवालले यसवर्ष गण्डकी प्रदेशमा आयोजना गर्ने भनेर घोषणा गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको टुङ्गो मङ्सिर मसान्तसम्म लाग्ने बताउनु भयो । कोरोना महामारीका कारण नवौँ राष्ट्रिय प्रतियोगिताको समय तालिका निर्धारण गर्न नसकिएको उनले उल्लेख गर्नुभयो ।

खेलकुद प्रतियोगिता कोरोना सङ्क्रमण बढाउनका लागि नभएको उहाँको भनाइ थियो । यस्तै १४औँ साग आयोजना गर्ने पालो पाकिस्तानको भएको तर पाकिस्तानले गर्नसक्ने वा नसक्नेबारे निर्णय गर्न बाँकी रहेको सिलवालले उल्लेखगर्नुभयो । पाकिस्तानले साग आयोजना गर्न असफल भए बङ्गलादेश र श्रीलङ्काले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएको उहाँले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -