काठमाडौं, आइतबार, १४ मङ्सिर २०७७ । काठमाडौं जेसीजको निर्वाचन सम्पन्न भएको छ । काठमाडौं जेसीजको अध्यक्षमा जेसी कैलाश श्रेष्ठ निर्वाचित भएका छन् ।
काठमाडौं जेसीजको शनिबार सम्पन्न ३८ औं शाखा अधिवेशन तथा ५० औं साधारणसभाले सर्वसम्मत रुपमा अध्यक्षमा जेसी कैलाश श्रेष्ठसहित पदाधिकारीहरु चयन गरेको हो ।
उक्त अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा जेसी रामराजा ओझा, जेसी श्यामकुमार घिमिरे, जेसी रामेश्वर सिंखडा, महासचिवमा जेसी निरोज खतिवडा , कोषाध्यक्षमा जेसी रफी भण्डारी, सह कोषाध्यक्षमा जेसी ध्रुव तिवारी र सहसचिवमा जेसी हरिहर खड्का निर्वाचित भएका छन् ।
उपाध्यक्षहरुमा जेसी बिनोद तिमिल्सिना, जेसी समिप खनाल, जेसी पुरुषोत्तम पौडेल, जेसी गोविन्द ओझा, जेसी प्रचण्ड भूर्तेल र जेसी नकुल अर्याल निर्वाचित एवं मनोनीत भएका हुन् । काठमाडौं जेसीज नेपाल जेसीजकै पुरानो र प्रतिष्ठित शाखाको रुपमा रहेको छ ।








































