Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
१०:४५:११ राति
- ADVERTISEMENT -

शौचालयको भित्तामा रहेको बक्समा सिक्का छिराएपछि शौचालयको ढोका खुल्छ

प्रकाशित मिति: २०७७ मंसिर ५, शुक्रबार

556
Shares

ललितपुर, शुक्रबार, ५ मङ्सिर २०७७ । ललितपुर महानगरपालिकाको मंगलबजारमा अवस्थित २५ वर्ष पुरानो सार्वजनिक शौचालय पुनर्निर्माण गरिएको छ ।

सुविधासम्पन्न बनाइएको यो शौचालय लैंगिक तथा अपागंतामैत्री छ । ललितपुर महानगरपालिकाले एरोशान कम्पनीसँग सहकार्य गरी यो शौचालय बनाएको हो । विश्व शौचालय दिवसको अवसरमा बिहीबारबाट उक्त शौचालय संचालन गरिएको छ ।

शौचालय जाँदा सिक्का लिएर जानु पर्छ । शौचालयको भित्तामा रहेको बक्समा सिक्का छिराएपछि शौचालयको ढोका खुल्छ । शौचालयमा प्रयोग गरिएको प्यान पनि विशेष किसिमको छ । उठ्न बस्न गाह्रो हुँदैन । ‘सार्वजनिक शौचालयमा कमोड सफा राख्न गाह्रो हुन्छ, त्यसैले प्यान नै राख्यौ’ एरोशानका प्रमुख प्रकाश अमात्यले बताए ।

शौचालयबाट बाहिर निस्कदा डिजिटल बोर्डमा हात देखाउनुपर्छ । त्यसपछि बाहिर निस्कन संकेत प्राप्त हुन्छ । त्यसपछि बाहिर निस्कन सकिन्छ । ट्वाइलेटको प्रयोगपछि हात धुनका लागि झोल साबुन र पानीको व्यवस्था गरिएको छ । चिसो हात सुकाउन ह्यान्ड ड्रायर राखिएको छ । त्यत्ति मात्रै कहाँ हो, यो शौचालयमा स्यानिटर प्याडको समेत व्यवस्था छ । ६ रुपैयाँ तिरेपछि प्याड प्राप्त गर्न सकिन्छ । प्रयोग भइसकेको उक्त प्याड विर्सजनको विशेष व्यवस्था गरिएको छ ।

शौचालयको औपचारिक शुभारम्भ कार्यक्रममा पुगेका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यो नमूना सार्वजनिक शौचालय भएको बताए । सार्वजनिक शौचालय स्मार्ट सहरको एउटा तत्व भएको बताउँदै मंगलबजारको जस्तै सार्वजनिक शौचालय महानगरको अन्य ठाउँमा समेत गर्ने उनले बताए । उनले महानगरपालिकाले मोवाइल शौचालय समेत भित्राउने बताए । उनले भने, ‘तीन वटा मोवाइल शौचालयहरु महानगरले ल्याइसकेको छ ।’ मोवाइल शौचालय जात्राहरुमा, पर्यटकीय स्थाल र धेरै मानिसको आवजजावत हुने ठाउँमा राखिने उनले बताए ।

मानिसको एरोसान सस्टेनेबल स्यानिटेसनका प्रमुख प्रकाश अमात्यले यो शौचालय पुनर्निर्माण गर्नका लागि करीब २५ लाख रुपैयाँ लागेको बताए । उक्त शौचालयबाट बायोग्याँस निकालिएको छ । उक्त ग्याँसबाट शौचालयका संचालकहरुले चिया खाजा पकाउँछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -