Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५७:५४ बिहान
- ADVERTISEMENT -

स्थानिय तहमा प्रमुख प्रशासकीय अधिकृत कम्तीमा एक वर्ष बस्नै पर्ने

प्रकाशित मिति: २०७७ मंसिर ४, बिहीबार

501
Shares

काठमाडौं, बिहिबार, ४ मङ्सिर २०७७ । प्रमुख प्रशासकीय अधिकृतले १८ बुँदामा प्रतिबद्धता पेश गर्नु पर्ने छ । ७ दिन भित्र प्रतिबद्धता पत्र नपठाए कारबाही गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिबद्धता पत्रमा प्रमुख प्रशासकीय अधिृकतले सबै बुँदा पालना गर्ने प्रतिबद्धता जनाउनु पर्ने हुन्छ, जसमध्ये मुख्य बुँदा भनेको १२ नम्बरमा लेखिएको बुँदा हो । उक्त बुँदामा लेखिएको छ, ‘खटिएको स्थानमा कम्तीमा एक वर्ष बस्ने छु ।’तीन तीन महिनामा प्रमुख प्रशासकीय अधिकृत फेर्ने प्रवृती रोक्न संघीय मन्त्रालयले बुधबार नयाँ नियम बनाएको छ । मन्त्रालयले बुधबार सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिृकतलाई परिपत्र गरी ७ दिन भित्र मन्त्रालयमा प्रतिबद्धता पत्र पठाउन निर्देशन गरेको छ ।

मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले प्रमुख प्रशासकीय अधिकृतलाई कम्तीमा एक वर्ष स्थानीय तहमा राख्न सरकारले प्रतिबद्धता पेश गर्ने नियम बनाएको बताए । ‘१८ बुँदामा प्रतिबद्धता जनाइसके पछि प्रमुख प्रशासकीय अधिकृत अब कम्तीमा एक वर्ष खटाइएको ठाउँमा बस्नु पर्छ’ अधिकारीले भने, ‘यसबाट विभिन्न कारण देखाउँदै चाँडो चाँडो सरुवा माग्ने प्रवित्ति रोेकिने छ ।’ प्रबिद्धतापत्रको अर्को बुँदामा भनिएको छ, ‘म भ्रष्ट्राचार गर्दिन । अरुलाई गर्न पनि दिन्न । शून्य बेरुजुको नारालाई अभियानको रुपमा कार्यान्वयन गर्नेछु ।’ तर यो बुँदा कार्यान्वयन हुनेमा धेरैले शंका गरेका छन् ।

धेरैजसो ठाउँमा स्थानीय तहमा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतवीच खटपट हुने गरेको छ । यसबाट प्रमुख प्रशासकीय अधिकृतले चाँडो चाँडो सरुवा माग्ने गरेका छन् । जनकपुर उपमहानगरपालिकामा अहिलेसम्म कुनै पनि प्रमुख प्रशासकीय अधिकृत ४ महिना टिकेका छैनन । यस्तै स्थिति मध्यपुर थिमी नगरपालिमा पनि छ । मन्त्रालय स्रोतका अनुसार अधिकांश स्थानीय तहमा बढीमा ६-६ महिनामा प्रमुख प्रशासकीय अधिकृत फेरबदल हुने गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत चाँडो चाँडो फेरबदल हुँदा स्थानीय तहबाट सञ्चालित विकास निर्माणका काम समेत प्रभावित हुने गरेको मन्त्रालय स्रोतको भनाइ छ । केही ठाउँमा प्रमुख प्रशाकीय अधिृकत फेर्न स्थानीय तहका प्रमुख स्वयम संघीय मन्त्रालयमा डेलिगेशन लिएर जाने गरेका छन् । केही ठाउँमा प्रमुख प्रशासकीय अधिकृत फेर्न सांसद/मन्त्रीको समेत दबाब आउने गरेको मन्त्रालयका एक उच्च कर्मचारी बताउछन् ।

केही स्थानीय तहमा स्थानीय तह प्रमुख र प्रमुख प्रशासकीय अधिकृतवीच राजनीतिक विचार नमिल्दा खटपट हुने गरेको छ । प्रमुख प्रशाकीय अधिृकत संघ मातहतमा हुने कानुनमा व्यवस्था छ । यसकारण स्थानीय तहमा प्रमुखले चाहेर पनि प्रमुख प्रशासकीय अधिकृत फेरबदल गर्न पाउँदैन । प्रमुख प्रशासकीय अधिकृत फेर्न संघीय मन्त्रालयको निर्णय अनिवार्य चाहिन्छ । प्रमुख प्रशासकीय अधिकृत आफ्नो भावना अनुसार नचल्दा काम गर्न गाह्रो भएको स्थानीय तहका प्रमुखहरु गुनासो हुने गर्छन । उता प्रमुख प्रशासकीय अधिकृतहरुको गुनासो पनि उस्तै छ । आफूलाई कानुन बाहिर गइ मेयर/उपमेयरले काम गर्न बाध्य पार्ने गरेको प्रमुख प्रशाकीय अधिकृतहरु बताउँछन् ।

मन्त्रालयले पठाएको १८ बुँदा प्रतिबद्धता पत्रमा प्रमुख प्रशासकीय अधिकृतले राजनीतिप्रति तटस्थ हुने प्रतिबद्धता जनाउनुपर्ने छ । १६ नम्बर बुँदामा भनिएको छ, ‘राजनीतिप्रति तटस्थ हुनेछु र सेवाप्रति प्रतिबद्ध हुनेछु ।’ तर मन्त्रालयले पठाएको प्रतिबद्धता पत्र प्रमुख प्रशासकीय अधिकृतहरुले कति कार्यान्वय गर्ने छन, यो चाँहि हेर्न बाँकि नै छ । यदि प्रतिबद्धतापत्र पूर्ण रुपमा कार्यान्वयन भएमा यसबाट स्थानीय तहमा चाँडोचाँडो हाकिम फेरिने परम्परा अन्त्य भने हुनेछ ।

मन्त्रालय स्रोतका अनुसार केही स्थानीय तहमा स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतवीच विवाद हुँदा केही स्थानीय तहले वजेट समेत पेश गरेका छैनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -