Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१९:४० बिहान
- ADVERTISEMENT -

निजी प्रयोगशालाको कोरो’ना रिपो’र्टको छानविन हुने

प्रकाशित मिति: २०७७ मंसिर ३, बुधबार

610
Shares

काठमाडौँ, बुधबार, ३ मङ्सिर २०७७ । निजी प्रयोगशालाको कोरो’ना रिपो’र्टको छानविन हुने भएको छ ।

विदेशमा हुने उडानमा यात्रा गर्ने यात्रुहरूको पीसीआर रिपोर्ट नेपालमा नेगेटिभ आउने र विदेश पुग्नाबित्तिकै परीक्षण गर्दा भने पोजिटिभ आएको विषयमा आवश्यक छानविन गरी कारवाही हुने भएको छ ।

पर्यटन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईका अनुसार निजी प्रयोगशालाबाट कोरोना परीक्षण गराएर विदेशिएका यात्रुको नेपालबाट नेगेटिभ आउने र विदेश पुग्नेबित्तिकै हुने परीक्षणमा पोजिटिभ रिपोर्ट आउन थालेपछि यसको आवश्यक छानविन गर्न लागिएको हो ।

नेपाल वायुसेवा निगम (नेवानी) बाट विदेशिएका यात्रुमा यो समस्या बढेपछि हङकङले तेस्रो पटक उडानमा प्रतिवन्ध लगाएको छ। जापानको नारिता र संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा पनि यस्तै समस्या देखिएकोले आवश्यक छानविन गर्न पर्यटन मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष औपचारिक रूपमै आग्रह गरिसकेको मन्त्रालयका प्रवक्ता भट्टराईले बताए ।

निजी प्रयोगशालाले स्वाव संकलन नै नगरी नक्कली रिपोर्ट दिने, स्वाव संकलन पश्चात पनि रिपोर्ट हेरफेर गरी पोजिटिभ बनाउने, स्वाव कलेक्सनपछि निर्धारित समय भण्डारण गरेर राख्नुपर्नेमा त्यसो नगरेको र कोभिड १९ आरटी पीसीआर परीक्षणलाई थप विश्वसनीय बनाउनुपर्ने सहितका विषयमा छानविन गर्न पर्यटन मन्त्रालयले आग्रह गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -