काठमाडौं, शनिबार, २९ कात्तिक २०७७ । नेपाली कां’ग्रेसका नेता नवीन्द्रराज जोशीले घरदैलो कार्यक्रम सुरु गरेका छन् ।
कोरोना रोकथा’म तथा नियन्त्र’णमा सचेतना जगाउन भन्दै नेता जोशीले काठमाडौंको क्षेत्र ८ मा कोरो’ना संक्रम’णबाट बच्न अपनाउनुपर्ने सावधानीको सम्बन्धमा जानकारीमूलक विषयहरु लिएर घरदैलो कार्यक्रमको आयोजना गरेका हुन् । विभिन्न चिकित्सकसहितको टोली बनाएर नेता जोशीले केही दिनदेखि घरदैलो कार्यक्रम आयोजना गरिरहेका छन् ।
काठमाडौं क्षेत्र ८ आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले सचेतनाका लागि आफ्नो दायित्व पूरा गर्न घरदैलो कार्यक्रम आयोजना गरिएको नेता जोशीले बताए । जनताको घरदैलोमा गएर कोरोना संक्रमणबाट कसरी बच्ने, मास्क कसरी लगाउने, भौतिकदूरी कायम गर्ने, नियमित हात धुने, स्यानिटाइज गर्नेलगायत विषयमा जानकारी गराएको नेता जोशीले बताए ।
शनिबार घरदैलो कार्यक्रममा सहभागी भएका वीर अस्पतालका चिकित्सक डा. भुपेन्द्र बस्नेतले कोरोनाबाट कसरी बच्न सकिन्छ, के कस्तो समस्या आउँछ, मास्क लगाउन किन जरुरी छ, हात धुन किन जरुरी छ भन्ने कुरामा जनचेतना फैलाउन टोलटोलमा पुगेको बताए ।
तस्बिर : नवीन्द्रराज जोशीको फेसबुकबाट ।








































