काठमाडौँ, शुक्रबार, २८ कात्तिक २०७७ । परोप’कार प्रसू’ति तथा स्त्री’रोग अस्पतालले हालसम्म १ सय ४ जना कोरो’ना भाइरस (कोभिड–१९) को सङ्क्र’मण पु’ष्टि भएका महिलालाई सफल प्र’सूति तथा स्त्री’रोगको उपचार गरेको छ ।
अस्पतालका निर्देशक डा. सङ्गीता कौसल मिश्राले स्वास्थ्य सेवा तथा प्रसूतिका लागि अस्पताल आएका कोरोना पुष्टि भएका १ सय ४ जनामध्ये २७ को सफल शल्यक्रियामार्फत र ४० जनालाई सामान्य हिसाबले प्रसूति सेवा दिइएको जानकारी दिनुभयो ।
साथै, ३७ जनामा स्त्रीरोगसम्बन्धी सेवा प्रदान गरिएको छ । प्रसूति तथा स्त्रीरोगलगायत सेवा लिन आएका सेवाग्राहीलाई कोरोना भाइ’रस पु’ष्टि भइहाले पनि सोही अस्पतालमै कोरोना उपचारसँगै अन्य आवश्यक सेवा प्रदान गर्न अस्पतालमै कोरोना परीक्षण ल्याब र अलग्गै आइसोलेसन भवनको व्यवस्था गरिएको निर्देशक मिश्राले जानकारी दिनुभयो ।








































