काठमाडौँ, बिहिबार, २७ कात्तिक २०७७ । महानगरपालिका–१४ स्थित कलङ्कीमा आज बिहान ट्रक दु’र्घटना हुँ’दा तीन जनाको मृ’त्यु भएको छ भने अर्का दुई जना घाइ’ते भएका छन् ।
आज बिहिबार बिहान करिब ३ः२५ बजेको समयमा रोकिराखेको बा३ख ७५३० नं को ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा५ख ८८६५ नंको अर्काे ट्रकले ठक्कर दिँदा उक्त घटना भएको हो ।
उक्त घटनामा परी कुखुरा बोक्ने ट्रकमा सवार नुवाकोटका २४ वर्षीय रोशन तामाङ, २७ वर्षीय भूपेन्द्र तामाङ र ३७ वर्षीय माधव घिमिरेको मृ’त्यु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
दुर्घटनापछि गम्भी’र घा’इते भएका तीनै जनालाई उपचारका लागि शहीद मेमोरियल अस्पताल कलङ्की लगिएकामा उपचारका क्रममा ४ः३० बजे चिकित्सकले मृ’त घोषणा गरेका थिए ।
उहाँका अनुसार नुवाकोटकै २१ वर्षका रोहन तामाङ र २४ वर्षका विजय तामाङ घाइते भएका छन् ।
उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक सह-चालकले चलाएको जानकारीमा आएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।








































