ललितपुर, बिहिबार, २७ कात्तिक २०७७ । नेपालीहरुको महान् चाड तिहार, छठ, नेपाल सम्वत् नजिकिँदै जाँदा ललितपुर जिल्ला प्रशासनले देउसी खेल्न र भोज गर्नमा रोक लगाएको छ ।
ललितपुरका सहायक जिल्ला अधिकारी ललितकुमार बस्नेतले सूचना जारी गर्दै स्वास्थ्य मन्त्रालयद्वारा जारी स्वास्थ्य सुरक्षाका माप’दण्ड पालन गर्न पनि आग्रह गरेका छन् । उक्त सूचनामा यस वर्षको तिहारमा देउसी भैलो नखेल्न र भोज भतेर नगर्न अनुरोध गरेका हुन् ।








































