काठमाडौं, बिहिबार, २७ कात्तिक २०७७ । उपत्यका मेयर फोरमले तिहार र छठ पछि कडा निषेधा’ज्ञा (लकडा’उन) जा’री गर्ने तयारी गरिएको छ ।
बुधबार कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घण्टा लामो भएको बैठकमा काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।
तिहार छठ लगत्तै उपत्यकामा बढिरहेको संक्रमण दर नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको उहाँले बताउनुभयो ।








































