काठमाडौं, बुधबार, २६ कात्तिक २०७७ । नेपालमा कोरो’ना भाइ’रस सङ्क्र’मितको संख्या दुई लाख नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ६ सय ६६ जना सङ्क्र’मित निको भएर घर फर्केका छन् । हालसम्म एक लाख ६२ हजार २ सय ४३ जना सङ्क्र’मित निको भएको मन्त्रालयले जनाएको छ ।
हाल देशैभरि ३८ हजार ९ सय १२ जना सङ्क्र’मित आइसोलेशनमा छन् । मन्त्रालयले हालसम्म पन्ध्र लाख ७४ हजार २ सय ९५ जनाको आरटीपीसीआर परीक्षण गरेको छ ।
पछिल्लो चौबीस घण्टामा दुई हजार ५ सय ६९ जना सङ्क्र’मित थपि’एसँगै कुल सङ्क्र’मितको सं’ख्या दुई लाख दुई हजार ३ सय २९ पुगेको छ । पछिल्लो एक महिनामा सङ्क्र’मितको सं’ख्या दो’ब्बर भएको छ । यसअघि असोज २३ गते नेपालमा कोरो’ना सङ्क्र’मितको सं’ख्या एक लाख नाघेको थियो ।
मन्त्रालयले आफ्नो प्रेस ब्रिफिङ्गको क्रममा चौबीस घण्टामा देशभरि दुई हजार ५ सय ६९ जना सङ्क्र’मित थपिएको जनाएको छ । प्रवक्ता डा. जागेश्वर गौतमले हाल नेपालमा ३८ हजार ९ सय १२ जनामा भाइरसको सङ्क्र’मण सक्रिय रहेको जानकारी दिनुभयो ।
पछिल्लो चौबीस घण्टामा २६ जना कोभि’ड सङ्क्रमितको मृ’त्यु भएको छ । हालसम्म मृ’त्यु हुनेको संख्या एक हजार १ सय ७४ पुगेको छ ।








































