काठमाडौं, बुधबार, २६ कात्तिक २०७७ । सरकारले मङ्सिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृहमन्त्रालयले आज (बुधबार) एक सूचना जारी गर्दै मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । गृहका प्रवक्ता सहचक्र बहादुर बुढाले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै उक्त दिन सरकारी कार्यालय बन्द रहने जनाएका छन् ।
मंसिर १ गते भाइटिका छ। त्यसको भोलिपल्ट नेवाः समुदायले किजा पुजा अर्थात् भाइ पुजा मनाउने गर्छन। किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी विमिरोदेखि सबै प्रकारका फलफूल राख्ने गरिन्छ ।








































