चितवन, मंगलबार, २५ कात्तिक २०७७ । पारस खड्का निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भ्रमण गरेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी पारस खड्काले चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भ्रमण गरेका हुन् ।
आज पारस खड्का र क्रिकेट एसोसियसन नेपाल (क्यान) का सदस्य छुम्बी लामाले उक्त मैदानको भ्रमण गरेका हुन् ।
खड्काले सिताराम कट्टेलसँग फोटो खिचाउँदै ‘टर्निङ ड्रिम्स ईन्टु रियालिटी’ भनेर लेखेका छन् ।









































