Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०३:२८ बिहान
- ADVERTISEMENT -

कोरो’ना संक्रम’णविरुद्ध सुर’क्षा दिने खोप

प्रकाशित मिति: २०७७ कात्तिक २५, मंगलबार

749
Shares

एजेन्सी, मंगलबार, २५ कात्तिक २०७७ । फाइजर र बायोटेकले बनाएको खोपले मानिसमा ९० प्रतिशतसम्म कारोना संक्रमण रोक्ने तथ्य पत्ता लागेको हो । कम्पनीले यो उपलब्धीलाई ‘विज्ञान र मानवताका लागि महान् दिन’ भएको बताएको छ ।

कोरोना भाइरस संक्रमणको निदानका लागि बनिरहेको एक खोपले मानिसमा ९० प्रतिशत सङ्क्रमण रोक्न सक्ने प्रारम्भिक विश्लेषणबाट खुलासा भएको छ ।

यस खोपलाई उत्कृष्ट उपचारकासाथै भाइरसविरुद्धको लडाइँमा सबैभन्दा ठूलो हतियार मानिएको छ ।

कम्पनीले यस महिनाको अन्त्यसम्म खोपको प्रयोगको लागि अनुमति पाउन आपतकालीन आवेदन दिने जनाएको छ ।

विश्वभर दर्जनौँ खोपका अन्तिम परीक्ष’ण अर्थत ‘फेज थ्री ट्रायल’ मा खास परिणाम देखिएको यो पहिलो खोप हो । यस खोपलाई अहिलेसम्म ६ देशका ४३ हजार पाँच सय जनामा परीक्षण गरिएको छ । स्वास्थ्य सुरक्षालाई लिएर कुनै खराब असर नदेखिएको कम्पनीले बताएको छ ।

शरीरको रोग प्रतिरोधी क्षमता भाइरससँग लड्न तयार बनाउन भाइरसको जेनेटिक कोडलाई शरीरमा इन्जेक्ट गराउने सिद्यान्तमा यो खोप आधारित छ ।

यसअघि भएको परीक्षणमा कोरोना भाइरसविरुद्ध लड्नका लागि खोपले शरीरमा एन्टिबडी बनाउने र रोग प्रतिरोधी प्रणालीको एक अर्को हिस्सा निर्माण गर्ने तथ्य पत्ता लागेको थियो, जसलाई टी–सेल भनिन्छ ।

यो खोपलाई तीन हप्ताभित्र दुई मात्रा लगाउनुपर्छ । अहिलेसम्म अमेरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा भएको परीक्षणमा सात दिनभित्र मानिसहरुमा भाइरसको प्रतिरक्षात्मक प्रणाली विकास भएको भेटिएको छ ।

फाइजरले यस वर्षको अन्त्यसम्म यो खोपको पाँच करोड डोज उपलब्ध गराउन सक्ने बताएको छ । त्यस्तै सन् २०२१ को अन्त्यसम्म १ दशमलव ३ अर्ब डोज तयार हुन सक्ने आशा व्यक्त गरेको छ । तर, यो खोपको भण्डारणलाई लिएर केही प्राविधिक चुनौतीहरु पनि रहेका छन । यसलाई माइनस ८० डिग्री सेल्यिसभित्रको तापक्रममा राख्नुपर्ने बिबिसीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -