काठमाडौँ, सोमबार, २४ कात्तिक २०७७ । नेपालबाट ने’गेटिभ रिपो’र्ट लिएर जापान आइपुगेका सात नेपालीमा कोरो’ना संक्रम’ण पु’ष्टि भएको छ ।
यही नोभेम्बर ६ तारिखको उडानमा जापान आएका ७ जना नेपालीमा कोरो’ना संक्र’मण पु’ष्टि भएको हो । नेपालबाट संक्र’मित नरहेको रिपोर्ट लिएर आएका उनीहरुमा जापानको विमानस्थलमा गरिएको परीक्ष’णमा को’भिड-१९ पोजेटिभ देखिएको हो ।
पछिल्लो पटक थपिएका सात जनासहित जापानको एयरपोर्टमा कोरो’ना संक्र’मित पु’ष्टि हुने नेपालीको संख्या ४३ पुगेको छ । संक्रमि’तहरुमध्ये अधिकां’श निको भएर डिस्चार्ज भइसकेका छन् ।
यसरी संक्र’मित हुनेमा दुई महिला र पाँच जना पुरुष रहेका छन् । विगतमा जस्तै यस पटकका संक्र’मितहरुमा पनि खासै कुनै लक्षण देखिएको थिएन ।
एयरपोर्टमा धेरै संक्र’मित भेटिन थालेपछि केही दिनअघि नेपाल एयरलाइन्सलाई थप सतर्कताको लागि जापानको सम्बद्ध निकायबाट चेतावनी दिइएको थियो ।


















