काठमाडौं, आइतबार, २३ कात्तिक २०७७ । १ हजार ५ सय ३३ कोरोना संक्रमित उपत्यकामा थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
नेपालमा आज थप २ हजार ८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।
स्वास्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार मात्र उपत्यकामा १ हजार ५१२ जनामा संक्रमण देखिएको थियो ।








































