Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०२:२८ बिहान
- ADVERTISEMENT -

अनुसन्धानमा प्रभाव पार्नेगरी समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिलको अपील

प्रकाशित मिति: २०७७ कात्तिक २३, आइतबार

576
Shares

काठमाडौँ, आइतबार, २३ कात्तिक २०७७ । अनुसन्धानमा प्रभाव पार्नेगरी समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिलको अपील गरेको छ ।

आज काउन्सिलले अपील पत्र जारी गर्दै प्रेस काउन्सिल नेपालले हत्या, अपहरणजस्ता सार्वजनिक अपराधसँग जोडिएका विषयमा अनुसन्धान नै प्रभावित पार्ने गरी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचार सम्प्रेषण नगर्न अपील गरेको हो ।

काउन्सिलका सूचना अधिकारी रामशरण बोहराद्वारा हस्ताक्षरित अपीलमा सार्वजनिक अपराधसँग सम्बन्धित व्यक्ति, साक्षी र पीडितको हकमा अनुसन्धान तहकिकात हुनुपूर्व नै विभिन्न सञ्चारमाध्यममा साक्षी, पीडित र प्रमाणसमेतको सुरक्षामा पर्याप्त ध्यान नदिई विभिन्न सामाजिक सञ्जालहरूमा पनि समाचार सम्प्रेषण हुँदा पीडित एवं साक्षीहरू असुरक्षित हुने र सत्यतथ्य छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा असर पर्न जाने उल्लेख छ ।

यस्ता समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४(९) र ५(४) उल्लङ्घन हुने हुँदा संवेदनशील हुन काउन्सिलले आग्रह गरेको छ ।

अपराधजन्य घटनासँग जोडिएका व्यक्ति, साक्षी र पीडितको हकमा अनुसन्धानपूर्व नै सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूबाट नाम सार्वजनिक नगर्न÷नगराउन आमसञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपील गरिएको छ ।

कतिपय मिडियाले साक्षी, पीडित र प्रमाणको सुरक्षामा ध्यान नदिइ समाचार सम्प्रेषण गर्दा पीडित र साक्षीले असुरक्षित महशुस गरेको तथा घटनासँग जोडिएका पीडित र साक्षीको नाम अनुसन्धान हुनुपूर्व नै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक हुँदा गोपनीयता र शान्ति सुरक्षामा गम्भीर असर परेकाले हत्या, अपराधजस्ता घटनाका विषयमा आएका समाचार सामग्रीमा ध्यानाकर्षण भएको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -