काठमाडौँ, शनिबार, २२ कात्तिक २०७७ । काठमाडौँ उपत्यकामा आज चिसो महसुस भएको छ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै शनिबार बढी चिसो महसुस गरिएको हो । उपत्यकासहित देशभर चिसो बढेको हो ।
शुक्रबार काठमाडौँको न्युनतम् तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो। आज काठमाडौँ उपत्यकामा यस वर्ष जाडो शुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको हो ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्युनतम् तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ ।








































