काठमाडौँ, शनिबार, २२ कात्तिक २०७७ । कोभिड-१९ को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ ।
नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) को खोप खरिद प्रक्रियाका लागि पहल थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा कोभिड खोप खरिद प्रक्रिया थालेको हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को मान्यता पाएका जुनसुकै खोप छिट्टै नेपाल भिœयाउन सरकार सक्रिय रहेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले कोभिड भ्याक्सिनको नेपालमा क्लिनिकल परीक्षण र खरिदका दुवै प्रक्रियामा नेपाल सरकार अघि बढेको छ भन्नुभयो ।








































