Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३०:२९ बिहान
- ADVERTISEMENT -

कहिलेसम्म कायम रहन्छ उपत्यकामा जोर-बिजोर प्रणाली ?

प्रकाशित मिति: २०७७ कात्तिक १९, बुधबार

699
Shares

काठमाडौं, बुधबार, १९ कात्तिक २०७७ । उपत्यकामा भदौ २५ गतेबाट सवारीसाधनमा जोर-बिजोर प्रणाली लागु छ । कोरोना महामारी नियन्त्रण गर्न भन्दै उपत्यकामा जोर-बिजोर प्रणाी लागु गरिएको हो ।

उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जोर-बिजोर प्रणाली लागु गरेको थियो । जोर-बिजोर प्रणाली हटाएर जनजीवन सहज बनाउनुपर्ने माग सरकोरवालाले गर्दै आए पनि त्यसको सुनवाइ र त्यसबारे छलफल भएको छैन ।

एक उच्च सुरक्षा अधिकारीले भने, “जोर-बिजोरको औचित्य नै छैन । काठमाडौंमा कोरोना खोइ नियन्त्रणमा आएको ? थोरै मात्रै सवारी चल्दा उल्टै नागरिकलाई स्वास्थ्यको जोखिम छ । यतापट्टि प्रशासन गम्भीर बन्‍न जरुरी छ ।”

तर, जोर-बिजोर प्रणाली लागु भएपछि उपत्यकामा कोरोना संक्रमणको अवस्था झन्‌पछि झन भयावह बन्दै गएको छ । जोर-बिजोर प्रणाली लागु भएको दुई महिना पुग्‍न लाग्दा पनि यसलाई व्यवस्थित गर्नेबारे कुनै तयारी थालिएको छैन ।

महानगरीय ट्राफिक महाशाखाले दैनिक जोर-बिजोर उल्लंघन गरेको भन्दै सयौं सवारीसाधनमाथि कारबाही (होल्ड) गर्दै आएको छ । महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल आफूहरुले सरकार र प्रशासनले गरेको निर्णय कार्यान्वयन गरिरहेका बताउँछन् । उनले भने, “हामीले नियमअनुसार आफ्ना गतिविधि अगाडि बढाउँछौं । जोर-बिजोर लागु छ त्यसलाई कार्यान्वयन गर्ने हो ।”

नेपाल प्रहरीका पूर्वडीआईजी पूर्णचन्द्र जोशी जोर-बिजोर प्रणालीबारे पुनर्विचार गर्नुपर्ने बेला भइसकेको बताउँछन् । नियम मात्रै थुपार्ने र जनताको जनजीवन सहज बनाउने उपाय नखोज्‍नु दुर्भाग्य भएको उनको बुझाइ छ । उनले भने, “धेरै हदसम्म नागरिक सचेत भइसकेका छन् । बिनाकाममा बस, ट्याक्सी चढ्न कसैलाई रहर हुँदैन । सडकमा निस्किनेहरु अधिकाशं काम परेर निस्किएका हुन् । जनजीवन कष्टकर बन्दै गएको छ । यसलाई हटाउनुपर्छ ।”

मोटरसाइकलमा समेत जोर-बिजोर नियम लागु भएपछि कतिपयलाई दैनिक कामकाजमा समेत बाधा पुगेको छ ।

उपत्यकाका दर्जनौं स्थानमा सर्वसाधारणले जोर-बिजोरका नाममा दुःख पाइरहेका छन् । अत्यावश्यक काममा जाँदा पनि प्रहरीले सवारी रोक्ने गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -