काठमाडौँ, बुधबार, १९ कात्तिक २०७७ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि बुधबार (आज) नेपाल आउँदैछन् ।
नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुसार उहाँ नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न नेपाल आउन लागेका हुन् ।
कोभिड–१९ को कारण रोकिएको नरवणेको मानार्थ महारथी दर्जा लिनको लागी उनी नेपाल आउन लागेका हुन् ।
सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तेहौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरावणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ । उहाँको सम्मानमा बिहीबार नै जङ्गीअड्डामा रात्रिभोज आयोजना हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थलसेनाध्यक्ष नरावणेले शुुक्रबार औपचारिक भेट गर्नुहुनेछ । जनरल नरवणेको नेतृत्वमा रहेको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कने जनाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ । सोही अवसरमा राष्ट्रपतिसँग उहाँले शिष्टाचार भेट गर्नुहुनेछ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणे १८औँ सेनापति हुनुहुन्छ ।
स्थलसेनाध्यक्ष नरावणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ । त्यसलगत्तै सैनिक मुख्यालय जङ्गीअड्डामा उहाँले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । सोही दिन प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरावणेसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ ।
आफनो भु–भाग कालापानी, लिपु्लेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि नरवणेले चिनको निर्देशनमा नेपालले नक्सा जारी गरेको विवादास्पद अभिब्यक्ति दिएपछि नेपालमा उनको सर्वत्र आलोचना भएको थियो । नरवणेको विवादास्पद अभिब्यक्ति देखि भारत सरकारसँगको सम्बन्धलाई भारतीय सेनाध्यक्षको भ्रमणले दुई देश बिचको सम्बन्ध थप सुदृढ हुदै जाने अपेक्षा गरिएको छ ।








































