Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१२:४७ बिहान
- ADVERTISEMENT -

कोरोनाभाइरसको नियन्त्रण भन्दा अर्थतन्त्र पुनः निर्माण गर्नुलाई बढी महत्व

प्रकाशित मिति: २०७७ कात्तिक १९, बुधबार

566
Shares

एजेन्सी, बुधबार, १९ कात्तिक २०७७ । अहिले अमेरिकाका अधिकांश राज्यमा मतदान प्रक्रिया समाप्त भइसकेको छ । कतिपय राज्यमा मत परिणाम आउन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बाइडेन र ट्रम्प दुवैले जित सुनिश्चित गर्न स्वीङ स्टेटहरुमा अग्रता हासिल गर्नुपर्ने हुन्छ जहाँका मतदाताहरुले समर्थन गर्ने पार्टी बदलिरहने गर्दछन् । र, देशव्यापी एक्जिट पोलको नतिजा हेर्दा यसपटक अमेरिकी मतदाताहरु देशको अर्थतन्त्रलाई लिएर सबैभन्दा बढी विभाजित रहेको देखिएको छ भने आधाभन्दा बढी कोरोना महामारीबाट पनि प्रभावित भएको बताएका छन् ।

यसमा एक तिहाइ बढी मतदाताहरुले आर्थिक विषय आफूहरुका लागि सबैभन्दा महत्वपूर्ण भएको बताएका छन् र पाँच मध्ये एकले चाहिँ जातीय असामनताको मुद्दा पनि प्राथमिकतामा राखेर मत हालेको बताएका हुन् । झन्डै १० मध्ये एकजनाले स्वास्थ्य सेवाको नीति र हिंसा पनि पछिल्लो समय चासोको विषय बन्दै गएको स्वीकार गरेका छन् ।

तर पनि प्रायले कोरोनाभाइरसको नियन्त्रण भन्दा अर्थतन्त्र पुनः निर्माण गर्नुलाई बढी महत्व दिइ आफ्नो उमेदवार रोजेको बताएका छन् ।

त्यसैगरी आधाबढी मतदाताहरुले आफ्नो भोट गन्ती हुनेमा विश्वास जनाएका छन् । अहिलेसम्मको पोल नतिजा हेर्दा प्रमुख युद्धभूमी मानिएको फ्लोरिडामा नजिकी अन्तरले ट्रम्प बाइडेनभन्दा केही अगाडि रहेको पोलले देखाएको छ ।

यसबाहेक अन्य स्वीङ स्टेट, जर्जिया, नर्थ क्यारोलिनालगायतबाट नतिजा प्राप्त हुनै बाँकी छ । बाइडेनले फ्लोरिडाबिना अन्य क्षेत्रबाट पनि आफ्नो स्थान सुनिश्चित गर्न सक्छन् । जसकारण नतिजा अधिक प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

प्रायः मतदाताहरु मास्क लगाएरै उपस्थित भएका थिए भने सामाजिक दुरी पनि कायम गरिएको छ र मतदान प्रक्रियामा कुनै किसिमको अवरोध या हिंसा नभएको पनि बताइएको छ जसबारे यसअघि चिन्ता व्यक्त गरिएको थियो ।

विजयी घोषणा हुन भने अझै केही दिन लाग्नेछ । उक्त ऐतिहासिक नतिजाले नै हाल महामारीको चरम संकटबाट गुज्रिरहेका अमेरिकीहरुको भविष्य निर्धारण गर्नेछ जहाँ पछिल्ला केही महिनामा बेरोजगारको सङ्ख्या लाखौँ पुगेको छ भने जातीय तनाव अनि राजनीतिक गतिविधिमा पनि ठुल्ठुला उतारचढाव देखिएको छ ।

यसका साथै जलवायु परिवर्तनलगायतका केही अन्तर्राष्ट्रिय मुद्दामा पनि अमेरिकी निर्वाचनले धेरै ठूलो प्रभाव पार्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -