काठमाडौं, मंगलबार, १८ कात्तिक २०७७ । कां’ग्रेस नेता मीन विश्वकर्माको स्वास्थ्यमा सुधार हुदै गएको छ । विगत छ दिनदेखि बेहो’स रहेका नेपाली कां’ग्रेसका नेता मीन विश्वकर्माको होस खुलेको छ ।
“उहाँ छ दिनदेखि बेहोस हुनुहुन्थ्यो । उपचारमा संलग्न डाक्टरले उहाँको होस खुलेको जानकारी दिनुभएको छ,” उनले बाह्रखरीसँग भने, “डाक्टरले उहाँको फोक्सोले पनि काम गर्न सुरु गरिसकेको भन्नुभएको छ ।”
ग्रान्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचाररत नेता विश्वकर्माको मंगलबार होस खुलेको उनका स्वकीय सचिव टेक विकले जानकारी दिए ।
स्वकीय सचिव विकका अनुसार नेता विश्वकर्माको मंगलबार नै कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमणसँगै फोक्सोमा निमोनिया देखिएपछि ग्राण्डी अस्पतालको आइसीयूमा उपचार गराइरहेका नेता विश्वकर्मालाई गत शनिबार अपरान्हदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
विश्वकर्मा कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि आफनै निवासमा आइसोलेसनमा बसेका थिए । उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि संसद सचिवालयका चिकित्सकले कात्तिक ८ गते अक्सिजन लिएर बस्न सल्लाह दिएका थिए ।








































