भियना, अष्ट्रिया, मंगलबार, १८ कात्तिक २०७७ । अष्ट्रियाको राजधानी भियनामा स्थानीय समय अनुसार सोमबार भएका विभिन्न आतङ्क’वादी आक्र’मणमा पाँचको मृ’त्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ ।
उक्त घटनामा कम्ती’मा १५ जना गम्भी’र घाइ’ते भएको बताइएको छ ।
विभिन्न स्थानमा भएका आतङ्क’कारी हमलामा ईस्ला’मिक समूहले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानपछि भियनाको प्रह’रीले ट्वीटरमार्फत् उल्लेख गरेको छ ।
आतङ्क’कारी आक्रमणपछि प्रहरीले गरेको प्रतिरोधका क्रममा कम्तीमा एक आक्रमणकारीको मृत्यु भएको छ । आक्रमणकारीले शरीरमा राखेको भनिएको ‘आत्मघाती विष्फोटक पदार्थ’ नक्कली भएको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीले आक्रमणकारीको घरसहित अन्य सम्लग्न मतियारहरूको आक्र’मणका समय खिचिएको भिडियोका आधारमा खोजी गरिरहेको बताएको छ । आक्रमणको विश्वव्या’पीरूपमा निन्दा भएको छ ।








































