काठमाडौं, सोमबार, १७ कात्तिक २०७७ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३२९ , भक्तपुरमा १०८ र ललितपुरमा १९३ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार मात्र उपत्यकामा थप १ हजार ६२२ जनामा संक्रमण देखिएको थियो ।
नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ९३३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार १ सय ५० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ३७ हजार ९९२ जना संक्रमणमुक्त भएका छन् ।








































