Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०८:२५ बिहान
- ADVERTISEMENT -

नेपाल आए सिकारी चरा

प्रकाशित मिति: २०७७ कात्तिक १५, शनिबार

1079
Shares

काठमाडौँ, शनिबार, १५ कात्तिक २०७७ । दशैँकै मेसो पारेर विभिन्न मुलुकबाट सिकारी चरा धमाधम नेपाल भित्रिएका छन् । अन्यत्र मुलुकमा जाडो उच्च हुँदै गएकाले यी पाहुना सिकारी चरा जाडो छल्न दशैँ वरपरमा नेपाल भित्रिन सुरु गरेका हुन् ।

सिकारी चरामध्ये चिल, गिद्ध र बाजहरू मुख्य गरी विदेशबाट यस समयमा नेपाल भित्रिने गर्छन् । एसिया महादेशको उत्तरी क्षेत्रमा पर्ने देशहरू मङ्गोलिया, चीन, रसियालगायतका देशबाट बसाइ सरेर सिकारी चरा नेपाल आउने गरेको चराविज्ञ सुवेदीले बताउनुभयो । उहाँका अनुसार जाडो बढेपछि आफ्नो मुलुकमा सिकार खोज्नसमेत कठिन हुने भएकाले पनि सिकारी चरा सहजताका हिसाबले नेपाल आउँछन् ।

मांसाहारी प्रजातिका सिकार गरेर खाने चराहरू यसरी नेपाल आउने क्रम जारी रहेको वरिष्ठ चराविज्ञ डा। तुलसी सुवेदीले जानकारी दिनुुभयो । “उत्तरबाट दक्षिणतर्फ बसाइ सर्ने क्रममा सिकारी चरा नेपालमा कति आउँदैछन् भनेर गणनासमेत भइरहेको छ,” उहाँले भन्नुभयो ।

प्रजातिगत रूपमा नेपालमा सबैभन्दा धेरै गोमायु महाचिल नेपाल आउँछन् । यिनीहरू पूर्वीदेखि पश्चिम तराईसम्म फैलिएर हिउँदमासमा सिकारमा सक्रिय रहन्छन् । कतिपय चिलहरू नेपाल हुँदै भारत र पाकिस्तानसम्म पनि पुग्ने गर्छन् ।

अमुर बाज भने रसियाको पूर्वी भेगमा अण्डा कोरलेर बच्चा हुुर्काइ बच्चासहित बसाइ सरेर नेपाल आउँछन् । त्यस्तै चाँदचन्द्र चिल, तोप बाज, सानो बौँडाइ, इम्पेरल चिल, ग्रेटर स्पोटर चिल, सुनौलो चिल, वन बाज, तीन चार प्रजातिका भुईं चिललगायतका सिकारी चरा नेपाल आउने गरेका छन् ।

नेपालमा यीसहित ३५ प्रजातिका सिकारी चरा बसाइ सरेर आएको अघिल्लो वर्षको अभिलेखमा उल्लेख छ । गत वर्ष भने २५ प्रजातिका मात्र सिकारी चरा नेपाल आएका थिए । नेपालमै विचरण गर्ने सिकारी चरा भने ६० प्रजातिका छन् । यिनीहरू दिनमा सक्रिय रहेर सिकार गर्न रमाउँछन् ।

सिकारी चरा नेपाल आउने छेकेमा अक्टोबर ७ बाट सुरु भएको गणनाले यिनीहरूको बसाइ सराइको प्रवृत्ति पत्ता लगाउन सहज हुने सुवेदी बताउनुहुन्छ । बसाइ सर्ने क्रममा देखिने परिवर्तनकै आधारमा सिकारी चराको सङ्ख्या घटबढ के भइरहेको छ भन्नेसमेत आकलन गर्न सकिन्छ ।

चीन र मङ्गोलियाबाट गोमायु महाचिल मात्र नेपालमा हरेक वर्ष करिब आठ हजारको सङ्ख्यामा नेपाल आउने गर्छन् । बच्चाको सङ्ख्या कम देखिएको खण्डमा यिनीहरूको प्रजननमा समस्या आएको बुझ्न सकिने उहाँको भनाइ छ । चराविद् सन्देश गुरुङसहितको टोलीले यसरी बसाइ सरेर आउने चराको गणना र विश्लेषण गरिरहेका छन् ।

गोमायु महाचिलले सिकार नपाएको खण्डमा मानिसले फालेको सिनोसमेत खाएर पर्यावरण सफा गर्न सघाउँछ । पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न सिकारी चराको महìवपूर्ण भूमिका रहने चराविद् हेमसागर बराल बताउनुहुन्छ ।

बसाइ सरेर आएका सिकारी चरा तराई भूभागसँगै काठमाडौँको चोभारको डाँडा र पोखरा उपत्यकामा बढी समय बिताउने गर्छन् । सिकारी चराको जीवन पद्धतिअनुसार भेटेसम्म मुसा, लोख्रके, खरायो र वनमा रहेका साना आहारा प्रजातिका वन्यजन्तु र गाउँघर आसपासका कुखुरालगायतका चराको सिकार गर्छन् ।

कात्तिकदेखि सुरु भई मङ्सिरमा सबैभन्दा बढी चरा आउँछन् । पुस महिनासम्ममा बसाइ सरेर यिनीहरू नेपाल भित्रिइसक्छन् । कतिपयले नेपालमै अण्डा पारेर बच्चा कोरल्न भ्याउँछन् । गर्मीमास सुरु भएसँगै चैत–वैशाख महिनामा यिनीहरू पुनः आफ्नै मुलुक फर्कन्छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -