काठमाडौं, शुक्रबार, १४ कात्तिक २०७७ । सरकारी तथ्यांकमा झण्डै २३% जनता गरिबिकाे रेखामुनि रहेकाे भनिन्छ । यथार्थमा ४०% प्रतिशत जनसंख्या गरिबिकाे रेखामुनि रहेकाे मानिएकाे छ । प्रतिव्यक्ति बिदेशी ऋण ४० हजार हाराहारी पुगेकाे छ ।
माओवादी द्राे’ह , भ्रष्टा’चार, भू’कम्प र अहिले काे’भिड १९ का पिडाहरुका सामना गर्दै आएकाे हाम्राे देशकाे बिकासकाे परिभाषाबारे मतभेदहरु पनि देखिन थालेका छन् ।
देश संघियतामा गएपछि बिदेशकाे सिकाे गर्दै अग्ला टा’वर र गे’टहरु बनाउन करो’डौं अर’बाैं रकम ख’र्च गर्ने तर स्तरीय शिक्षा , स्तरीय स्वास्थ्य सेवा नदिने ,सिंचाइ , खानेपानी , सुरक्षित बाटाे , सुरक्षित बासस्थानका लागि सरकारकाे लगानी भ्रष्टाचार तथा अन्य कारणले नहुने वा नतिजा नदेखिने भए पछि देशका प्रवुद्य युवा तथा वुद्दिजिविहरुले टा’वर तथा गे’ट लगायत अनुत्पादक क्षेत्रमा लगानी गरेर ठेकदार तथा नेता कर्मचारी धनी मात्र हुने देशका जनतालाई बिकासकाे अनुभूति भने नहुने तर्फ ध्यानाकर्षण गराउन थालेका छन् ।
सम्भवत नेपालमा नै यसरी अनुत्पादक क्षेत्रमा बिकास नाममा खर्च नगर्न प्राथमिकता आधारमा मात्र मितव्ययी खर्च व्यवस्थापन गर्न सरकारलाई सुझा’व दिन थालिएको पहिलाे पटक हाेला । यसरी अनाव’श्यक क्षेत्रमा भन्दा अत्यावश्यक क्षेत्र ताेकेर राजगारी तथा उत्पादन वढ्ने क्षेत्रमा बिकास बजेट खर्च गर्न भन्दै ईन्जिनियरहरु दिनेशराज देबकाेटा , ईन्जिनियर दिनेश भट्ट तथा ग्रामीण बिकास रणनीतिकार युवराज बस्ताकाेटीले सामाजिक सञ्जालमा आफ्ना बिचारहरु ब्यक्त गरेका छन् ।
शुरुआत उनीहरुले गरे पनि बिकासकाे प्राथमिकता र ठाेस परिणाममुखि बिकासकाे जरुरी सबैलाई हाे । युबराज बस्ताकाेटीकाे फेसवुक वालमा देखिएकाे स्टाटस जस्ताकाे तस्तै ,” ईन्जिनियर ज्ञानेन्द्र राज देवकाेटा र ई. दिनेश भट्टले पनि यहि लाइनमा विचार वनाउनु भएकाे थाहा पाएँ । सहि हाे । गे’ट , टा’वर हाम्राे देशकाे बिकासकाे आधार हाेइन’न् । पहाड नै पहाडकाे याे देशकाे प्राकृतिक चुचुरोबाट संसार हेर्न मिल्छ भने टावर कि’न ? दुई पहाडकाे गल्छिहरुमा प्राकृतिक र सुन्दर गेटहरु छन् भने सिमेन्टकाे गेट किन ?
हामीलाई त कृषिको उत्पादन वढाउने काइ’ता, खानेपानी , स्तरीय सेवा दिने अस्पताल , विश्व स्तरीय सेवा दिने शिक्षालय, सिंचाइ , सुरक्षित बाटाे , बाढि पहिराेबाट सुरक्षित बासस्थान रु पाे चाहिएकाे छ । म बीस बर्ष देखि भन्दै आएकाे छु ।
जय नेपाली । जय नेपाल । “नागरिक र देशकाे हितमा उठेका आवाजहरुलाई समयमा सकारात्मक रुपमा लिएर भ्रष्टाचार रहित बिकासमा जुट्न तीन वटै तहका सरकारलाई नागरिकहरुले वारवार ध्यानाकर्षण गराउदै आएका छन् ।








































