गोरखा, बिहिबार, १३ कात्तिक २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिकाको सेवा बन्द गरिएको छ । गाउँपालिका कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द गरिएको हो ।
आजका मितिदेखि अर्को सुचना जारी नगरेसम्मका लागि गाउँपालिकाको सेवा बन्द गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत भेषराज खनालले बताउनु भयो ।
गाउँपालिकामा कात्तिक २ गतेदेखि ६ गते सम्म सेवा लिन पुगेका सेवाग्राहीलाई सावधानी अपनाउन पनि गाउँपालिकाले अनुरोध गर्दै एक जना कर्मचारीमा कोरोना देखिएपछि सेवा बन्द गरेर प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको पिसिआर जाँच गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिनु भयो ।








































