काठमाडौं, बिहिबार, १३ कात्तिक २०७७ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी माग गरेको छ ।
गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी माग गरेको हो ।
करारमा राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि एक सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गरेको छ ।
योग्यता पुगेका इच्छुकले कात्तिक १३ देखि १५ गतेसम्म दरखास्त फारम भर्न सक्ने सुचनामा उल्लेख गरिएको छ । साथै, आवेदकले नि:शुल्क आवेदन दिन सक्नेछन् ।
लिखित परीक्षा भने मंसिर १३ गते हुने र ८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्ने विभागले निकालेको सूचनामा उल्लेख छ ।
अपरेटरलाई पारिश्रमिक दिनको एक हजार दुई सयका दरले उपलब्ध गराइने विभागले जनाएको छ ।








































