काठमाडौँ, शुक्रबार, ७ कात्तिक २०७७ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले दसैं पर्वका समयमा देशैभर वि’द्युत सेवा थप चु’स्त, भ’रपर्दो र प्रभा’वकारी बनाउन नेपाल वि’द्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
चाडपर्वका बेला अन्य समयमा भन्दा वि’द्युत ख’पत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत अ’नियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिनुभयो । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभुषण चौधरी सोही निर्देशनालयका दीर्घकुमार श्रेष्ठ र भार प्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईसँग बिहीबार बैठक गरी ग्राहकलाई नियमित विद्युत सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।
‘दसैंका बेला कहीं पनि विद्युत काटिने समस्या नआओस’, प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री पुनले भन्नुभयो, ‘मलाई विश्वास छ, ग्राहकबाट विद्युत प्राधिकरणले प्रवाह गर्ने सेवाबारे कुनै गुनासो आउने छैन ।’ प्राधिकरणसँग माथिदेखि तलसम्म अनुभवी र दक्ष टिम रहेकाले सेवा प्रवाहमा कुनै समस्या नआउने विश्वास मन्त्री पुनको थियो ।








































