काठमाडौं, बिहिबार, ६ कात्तिक २०७७ । नेपालमा कोरोना भाइरसका तीन हजार ६ सय ३७ जना सङ्क्र’मित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १५ हजार २५५ जनाको आरटीपीसीआर परीक्ष’ण गरिएकोमा तीन हजार ६३७ जनामा सङ्क्र’मणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमि’तसँगै नेपालमा कुल सङ्क्र’मित एक लाख ४८ हजार ५०९ पुगेको छ । हाल ४४ ह्जार ८७७ जनामा भाइर’सको सङ्क्र’मण स’क्रिय रहेको छ ।
क्वारेन्टिनमा तीनहजार ७५१ जना रहेका छन् । देशका विभिन्न अस्पतालमा २९० जना आइसीयू र ७७ जना भेन्टिलेटरमा रहेर उपचार गराइरहनुभएको छ ।
पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना भाइरसका कारण मृ’त्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृ’त्यु हुनेको संख्या ८१२ पुगेको छ ।








































