Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
३:५६:१४ राति
- ADVERTISEMENT -

गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा

प्रकाशित मिति: २०७७ कात्तिक ३, सोमबार

702
Shares

काठमाडौँ, सोमबार, ३ कात्तिक २०७७ । दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलि’एको कोरोना गा’उँसम्म पुर्याउने सम्भावना बढेको छ ।

सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशैँमा आफ्नो थातथलो जान थालेपछि कोरोना सङ्क्रमण गाउँसम्म पुग्ने खतरा बढेको हो ।

नुवाकोटको शिवपुरी गाउँपालिका प्रमुख रामकृष्ण थापाले पहिलाको तुलनामा यस वर्ष उपत्यकाबाट गाउँ फर्कने सङ्ख्या केही कम भए ठप्प भने नभएकाले उपत्यकाबाट गाउँ फर्कनेलाई आवश्यक साव’धानी अपनाउन आ’ग्रह गरिएको बताउनुभयो । “दशैँ मनाउन गाउँ फर्कनेलाई नाकामै बसेर रोक्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न लगाउनुको विकल्प छैन ।”

उहाँका अनुसार गाउँपालिकाले कोरोनाको सामना गर्न आठ शैय्याको आइसोलेसन कक्ष निर्माण गरेको छ । अप्ठ्यारो परेकालाई उक्त आइसोलेसन कक्षमा राख्न सकिए पनि सबैलाई त्यो सम्भव नभएको बताउनुभयो । दशैँ मनाउनका लागि उपत्यकाबाट आ–आफ्ना घर पुगेका स्थानीयलाई आइसोलेसनमा राखी व्यवस्थापन गर्ने कुरा स्थानीय सरकारका लागि चुनौ’तीपूर्ण बनेको छ ।

कतिपय स्थानीय तहले उपत्यकाबाट दशैँ मनाउन गाउँघर जाने व्यक्तिले अनिवार्य दुई हप्ता घरमै एकान्तबासमा बस्नुपर्ने भनिए पनि दशैँको समयमा त्यो पूर्ण रूपमा सम्भव देखिएको छैन । त्यसो त स्थानीय तहले पर्याप्त मात्रामा संस्थागत आइसोलेसन बनाएका छैनन् ।

कपितय स्थानीय तहले जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) सँग मिलेर केही शैय्या संस्थागत आइसोलेसन बनाए पनि दशैँको समयमा उपत्यका छोडी घर फर्कने सबैलाई सो पर्याप्त हुँदैन ।

नेपाल नगरपालिका सङ्घ गण्डकी प्रदेश संयोजक एवं गोरखाको पालुङ्गटार नगरपालिका प्रमुख दीपकबाबु कँडेलले आफू बसेकै ठाउँमा दशैँ मान्न गरिएको सरकारका आग्रह सबैले मान्नुुपर्ने बताउनुभयो ।

उहाँका अनुसार उपत्यकाबाट गाउँ फर्कने स्थानीयले होम आइसोलेसनमा नै बसेर दशैँ मान्नुपर्ने र घरबाट बाहिर ननिस्कनका लागि सबै वडा कार्यालयमार्फत स्थानीयलाई आग्रह गरिएको छ ।

लक्षणबिना पनि कोरोना सङ्क्रमित हुनसक्ने भएकाले यस वर्षको दशैँ मान्ने क्रममा रमाइलोभन्दा स्वास्थ्य सचेतना अपनाएर मान्नुपर्ने उहाँको भनाइ छ । महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानबहादुर ओलीले काठमाडौँ महानगरपालिकाको तथ्याङ्कमा आउने अधिकांश कोरोना सङ्क्रमित काठमाडौंँभन्दा बाहिरको भएको बताउनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -