Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२९:१३ बिहान
- ADVERTISEMENT -

पदाधिकारी र कर्मचारी सम्पत्ति विवरण नबुुझाउनेमा अग्रपङ्क्तिमा

प्रकाशित मिति: २०७७ कात्तिक १, शनिबार

575
Shares

काठमाडौँ, शनिबार, १ कात्तिक २०७७ । हरेक आर्थिक वर्षको सुरुमा अघिल्लो आर्थिक वर्षको सम्पत्ति विवरण बुझाउने कानु’नी व्यवस्था भए पनि सम्पत्ति विवरण नबुझाउनेमा सङ्घीय सरकारका पदाधिकारी र कर्मचारी अग्रपङ्क्तिमा देखिएका छन् । भ्रष्टा’चार निवारण ऐनमा हरेक आर्थिक वर्षमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

आर्थिक वर्ष २०७५÷७६ मा सम्पत्ति विवरण नबुझाउने सङ्घीय सरकारका पदाधिकारी तथा कर्मचारीको सङ्ख्या सबैभन्दा बढी १२ हजार १३३ अर्थात् २८.४३ प्रतिशत छ । चार लाख २१ हजार ९६१ जना पदाधिकारी र कर्मचारीले भने सम्पत्ति विवरण बुझाएका छन् ।

भ्रष्टा’चारविरुद्ध जनचेतना जगाउने र भ्रष्टा’चारजन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने उद्देश्यले प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहने गरी स्थापना भएको राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको गत वर्षको वार्षिक विवरणमा सो कुरा उल्लेख छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार केन्द्रका सचिव डा. ऋषिराम शर्माले १८औँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७६÷७७) पेस गर्नुभएको छ । प्रतिवेदनमा प्रदेश अन्तर्गतका पदाधिकारी तथा कर्मचारीमध्ये ५५४ जनाले सम्पत्ति विवरण बुझाएनन् भने तीन हजार ७७८ जनाले बुझाएको पाइएको छ ।
यसैगरी स्थानीय तहका पदाधिकारी तथा कर्मचारीमध्ये चार हजार ४९८ जनाले विवरण बुझाएनन् भने एक लाख ६३ हजार ७८६ जनाले बुझाएको जानकारी केन्द्रका उपसचिव हरिप्रसाद शर्माले दिनुभयो ।

यसबीचमा केन्द्रमा तीन तहको सरकार तथा अन्य निकायबाट समेत गरी छ लाख छ हजार ७१० जनाले सम्पत्ति विवरण बुझाएका छन् । सम्पत्ति विवरण नबुझाउने १७ हजार १८५ जनालाई जनही पाँच हजार रुपियाँ जरिवाना गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनै तहका सरकारलाई पत्राचारसमेत गरिसकेको छ ।

केन्द्रले सम्पत्ति विवरण नबुझाउने पदाधिकारी तथा कर्मचारीको विवरण आवश्यक कारबाहीका लागि अख्तियारमा पठाएको थियो । केन्द्रले आर्थिक वर्ष २०७५÷७६ को सम्पत्ति विवरण नबुझाउनेको सङ्ख्या १७ हजार १८५ अर्थात् दुई दशमलव ८१ प्रतिशतमा झरेको जनाएको छ ।

केन्द्रले उजुरी व्यवस्थापनतर्फ २०७६ र ७७ मा ७१५ वटा उजुरी प्राप्त भएको र गत आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ४६० गरी एक हजार १७५ उजुरी रहेकोमा तीमध्ये ७८१ वटा उजरी फस्र्योट गरिएको जनाएको छ । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -