Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२३:०३ बिहान
- ADVERTISEMENT -

“नियम अटेरी गर्नेलाई थुनेरै कार’बाही गर्छौं ।”

प्रकाशित मिति: २०७७ असोज २८, बुधबार

788
Shares

काठमाडौं, बुधबार, २८ असोज २०७७ । काठमाडौं उपत्यका कोरोनाको ‘हट’स्पट’ बनिसकेको छ । दैनिक सयौं संक्रमित थपिने क्रम जारी छ । देशका अन्य क्षेत्रमा संक्रमितको संख्या घट्ने/बढ्ने भइरहे पनि काठमाडौंमा भने निरन्तर संक्रमितको संख्या उकालो लाग्दो छ ।

मृ’त्युदर पनि काठमाडौंमै बढी देखिएको छ । लाखौं जनसंख्या रहेको उपत्यकामा कोरोना नियन्त्रणबाहिर जानसक्ने कतिपयको दाबी छ । अस्पतालमा आई’सीयू सेवा पाउन मुस्किल बन्दै गएको छ । यस्तोमा सरकारले काठमाडौं उपत्यकामा फेरि लकडाउनको घोषणा त गर्दैन ? भन्‍ने जिज्ञासा र लकडाउनको त्रास मानिसमा देखिन्छ । स्वास्थ्य मन्त्रालयले उपत्यकामा १५ दिनजति लकडाउन गर्नुपर्ने मत राख्दै आएको अधिकारीहरु बताउँछन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहाल लकडाउनबारे छलफल नभए पनि उपत्यकामा कडाइ गरिने बताउँछन् । उनले भने, “खुलेका क्षेत्रमा पनि स्वास्थ्य मापदण्ड पालना गरेको पाइएको छैन । यहाँसम्म कि स्कुलसमेत खुलेको सूचना छ । सरकारले स्कुल खोल्ने निर्णय गरेको छैन । नि’यम अटेरी गर्नेलाई थु’नेरै कारबाही गर्छौं ।”

कोरोना विरुद्धको लडाइँ सबैको साझा भएको बताउँदै महामारीलाई हलुका रुपमा लिन नहुने दाहालको तर्क छ । प्रशासनिक रुपमा नियन्त्रणमा आफूहरुले गर्नुपर्ने भूमिका निर्वाह गरिरहेको उनले बताए । यसअघि जोखिम बढ्दै जाँदा गत भदौ ४ देखि भदौ २५ गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना नियन्त्रण हुने भन्दै निषेधाज्ञा जारी गरिए पनि त्यसयता कोरोना उपत्यकामा झन् भयावह बन्दै गएको छ । जोर-बिजोरमा यातायत सञ्चालनमा छन् । दसैंलगायत चाडपर्व नजिकिँदै गर्दा उपत्यकामा संक्रमणको दर निकै बढ्नसक्ने विज्ञहरुले चेता’वनी दिँदै आएका छन् ।

प्रमुख जिल्ला अधिकारी दाहालले भने, “चाडपर्वका नाममा स्वास्थ्य मापदण्ड पालना नगर्नेवि’रुद्ध अब कठोर नै बन्ने हो । चाडपर्वका नाममा मनोरञ्जन गर्ने, सरकारले जारी गरेका नियम मिच्ने काम गर्नेहरुवि’रुद्ध अब हामी केन्द्रित हुन्छौं । अहिलेसम्म आग्रह गर्‍यौं अब का’नुनको प्रभावकारी कार्यान्वयन गर्छौं ।”

सरकारले लकडाउन खुला गरेसँगै तराईलगातय अन्य स्थानबाट पनि काठमाडौं प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । सरकारी अधिकारी बाहिरबाट आउनेहरुका कारण काठमाडौंमा कोरोना जोखिम बढेको दाबी गर्दै आएका छन् । पछिल्लो समय उपत्यका भित्रिने र बाहिरिने संख्या औसतमा बराबरी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -