काठमाडौँ, मंगलबार, २७ असोज २०७७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना कोराना सङ्क्रमितको मृ’त्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोराना सङ्क्रमणबाट ज्या’न गुमाउनेहरुको संख्या ६६३ पुगेको छ ।
नेपालमा कोराना सङ्क्रमणबाट आईतबार २२ तथा सोमबार ९ जनाले ज्यान गुमाएका थिए ।
नेपालको एक मात्र जिल्ला मनाङ्गमा अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सुर्खेत, दाङ्ग, बाँके, रुपन्देही, मकवानपुर, सुनसरी र मोरङ ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन्। हालसम्म नेपालमा ७८ हजार ७८० जना निको भएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप तीन हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या एक लाख १५ हजार ३५८ जना पुगेको मन्त्रालयले पुष्टि गरेको छ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षण गर्दा पछिल्लो २४ घण्टामा तीन हजार ५५६ जनामा सङ्क्रमण भेटिएको बताए । आजै एक हजार ५०३ जना डिस्चार्ज भएको मन्त्रालयबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। त्यस्तै, हाल नेपालमा ३५ हजार ९१५ जना सक्रिय सङ्क्रमित रहेका छन्।
मन्त्रालयका प्रवक्ता गौतम दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यका जिल्लाहरु काठमाडौँमा १७४६, भक्तपुरमा १६७, तथा ललितपुरका २१६ जनामा कोरोना संक्रमण देखिएको छ ।








































