गोरखा, सोमबार, २६ असोज २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिकामा ‘एक घर एक धारा’ जडान गरिएको छ ।
आर्थिक बर्ष २०७। ०७८ बाट विनियोजित रकमबाट करिब १५ लाखको बजेटमा ”एक घर एक धारा ” अभियान अन्तर्गत वडा -५ वगुवा (सिख्रे) मा ”सार्की गाउँ, भट्टेपधेरा , गुरुङ धारा खानेपानी उपभोक्ता समिति मार्फत सम्पन्न (३ ट्याङकी , १७ धारा ) गरिएको छ ।
उक्त वडामा रहेको १७ घरका लागि १७ धारा निर्माण १५ लाखको बजेटमा निर्माण गरिएको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिनुभयो । साथै, उहाँले १३ घरका लागि १३ धारा निर्माण ६ लाखको बजेटमा निर्माण गरिएको जानकारी दिनुभयो । उहाँल अझ गाउँमा ठुला ४ योजना निर्माणको चरणमा रहेको बताउनु भयो ।
भिमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेद्वारा समुद्घाटन गरिएको उक्त कार्यक्रममा उपाध्यक्ष बिनु वाग्ले, वडा अध्यक्षहरु, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो ।








































