काठमाडौं, आइतबार, २५ असोज २०७७ । सरकारले कोरोना संक्र’मण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्ने बताएको छ ।
सरकारले गरेका आग्रहको नागरिक स्तरबाट अवज्ञा भए पुनः लकडाउन हुन सक्ने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका हुन् ।
अहिलेको अवस्थामा लकडाउन र निषे’धाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उनले नागरिक संवेद’नशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताए। चाडबाडको समयमा नागरिक सचेत भए लक’डाउन गर्ने अवस्था नआउने उनको भनाइ छ। साथै, लक’डाउन गर्ने/नगर्ने कुरा सरकारी आग्रह र अपिल नागरिकले कति पालना गरिरहेका छन भन्ने कुरामा भर पर्ने उनले बताए।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले संक्र’मणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गरे।
काठमाडौंमा संक्र’मणको दर बढिरहेको सन्दर्भमा उनले बाँकेको नरैनापुर, उदयपुर र वीरगञ्जलगायतका क्षेत्रमा संक्रमण नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाले खेलेको भूमिकालाई आत्मसात् गर्दै अगाडि बढ्नु पर्ने बताए।








































