स्याङ्जा, शनिबार, २४ असोज २०७७ । स्याङ्जामा दुर्घ’टना हुदाँ दुईको मृ’त्यु भएको छ । स्याङ्जाको वालिङबाट भीरकोटतर्फ गइरहेको ग १ क ४३७० नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ग १३ प २८१४ नम्बरको मोटरसाइकल आपसमा ठो’क्किएको थियो ।
सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका १ को दार्सिङमा बस र मोटरसाइकल ठो’क्किँदा मोटरसाइकलमा सवार भएका दुई जनाको मृ’त्यु भएको हो ।
घाइते दुबै जनाको कालिका सामुदायिक अस्पतालमा उपचारका क्रममा नि’धन भएको जिल्ला प्रहरी कार्यलयले जानकारी गराएको छ ।
भीरकोट ३ घर भइ कपिलवस्तु बस्ने ३१ वर्षीय गुप्तबहादुर खत्री र भीरकोट ३ घर भइ वालिङ बस्ने ५८ वर्षीय ढालबहादुर रानाको मृ’त्यु भएको छ ।








































