Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२४:५० बिहान
- ADVERTISEMENT -

सहमति नजिकै पुगेको सरकार-डा.केसी वार्ता कसरी भयो भंग ?

प्रकाशित मिति: २०७७ असोज २४, शनिबार

669
Shares

काठमाडौं, शनिबार, २४ असोज २०७७ । सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता भंग भएको छ । दोस्रो दिन शुक्रबार भएको वार्तामा सहमति नभएपछि डा.केसीतर्फको वार्ता टोलीले आन्दोलनका थप कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

वार्ता टोली संयोजक डा. जीवन क्षत्रीले वार्ताबाट सरकार पछि हटेकाले शनिबारबाट आन्दोलन सुरु हुने जानकारी दिए ।

संयोजक डा. क्षत्रीले शुक्रबार दिनभर सरकारी टोलीले वार्तामा बस्नै आलटाल गरेको सुनाए । ‘डा. केसीको स्वास्थ्य जोखिममा परिराखेको हुनाले गम्भीर भएर अल्टिमेटम दियौं । वार्ता नगर्ने भए प्रेस मिट गर्छौ भनेपछि वार्तामा बोलाइएको थियो’, उनले भने, ‘हिजो (बिहीबार) जुन खालको समझदारी एवं सम्झौता भएको थियो, त्यसबाट सरकारी टोली पछाडि फर्कियो ।’ उनले तत्काल वार्ता हुनेमा आफू आशावादी नरहेको बताए । ‘हामी जुनसुकै बेला पनि वार्तामा बस्न तयार छौं’, उनले भने ।

डा. केसीका मागका सम्बन्धमा बिहीबार भएको चरणबद्ध वार्तामा सामान्य समझदारी भएको थियो । त्यसलाई शुक्रबार अन्तिम रूप दिने मौखिक सहमति थियो । सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले डा. केसी पक्षले उठाएका केही माग पूरा गर्ने म्यान्डेट आफूसँग नरहेको बताए । धेरै मागमा सहमति भने भएको उनको भनाइ छ । ‘दुई–तीन बुँदामा मात्र सहमति हुन सकेन’, संयोजक मैनालीले भने, ‘डा. केसी पक्षले उठाएका केही माग पूरा गर्ने म्यान्डेट हामीसँग छैन । हामीले संयमित भएर शनिबार पनि वार्तामा बस्न अनुरोध गरेका छौं ।’

डा. क्षत्रीले म्यान्डेट लिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग सम्पर्क गर्न सकिएन भन्ने जवाफ वार्तामा सुनाइएको बताए । ‘डा. केसीको जीवन जोखिममा पर्दा पनि शिक्षामन्त्री पोखरेलले व्यक्तिगत रूपमा दुराशय राखेको पाइयो । मोबाइल नै स्विच अफ गरेको भन्ने कुरा आएको छ’, उनले भने, ‘आफ्नै वार्ता टोलीसँग सम्पर्कविहीन भएर बदनियत र दुराशय देखाउनुभयो ।’ आफूले गठन गरेको वार्ता टोलीले गरेको समझदारीबाट मन्त्री पोखरेलले पछि हटेको उनको दाबी छ ।

मन्त्री पोखरेलले डा. केसीका बारेमा यसअघि दुष्प्रचारसमेत गरेको डा. क्षत्रीको आरोप छ । ‘सरकारभित्रको विवादका कारणले सरकारलाई नै अप्ठेरो पार्न खोजिएको हो कि ? डा. केसीको जीवनलाई खतरामा पार्ने प्रमुख जिम्मेवारी शिक्षामन्त्री पोखरेलको व्यवहार छ’, उनले भने, ‘सरकारको कार्यकारी प्रमुख भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वार्ता टुंग्याएर डा. केसीको जीवन रक्षा गर्नुपर्ने थियो ।’आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -