काठमाडाैं, शुक्रबार, २३ असोज २०७७ । चितवनमा थप ३० जनामा कोरोना भाइरसको संक्र’मण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको २२० जनाको स्वाब परीक्षणमा ३० जनामा संक्र’मण पुष्टि भएको हो । संक्र’मित ३० जनामध्ये २७ जना चितवनका हुन् । बाँकी ३ जना नवलपरासी र मकवानपुरका छन् ।
नवलपरासी गैँडाकोट-१२ की २३ वर्षीया एक महिला र कावासोती-१७ का २५ वर्षीय पुरूषमा संक्र’मण पुष्टि भएको छ । यस्तै मकवानपुर हेटौँडा- ४ का ५० वर्षीय पुरूषमा पनि संक्र’मण भएको छ ।
भरतपुर अस्पतालले बिहीबार गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका ८ पुरूष र ३ वर्षीया बालिकासहित ७ महिलामा संक्र’मण पुष्टि भएको छ ।
यस्तै राप्तिका ३ पुरूष र ३ महिला, खैरहनीका १ पुरूष र १ महिला, र रत्ननगरका ४ पुरूषमा संक्र’मण भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।








































