कपिलवस्तु, बुधबार, २१ असोज २०७७ । डा. गोविन्द के सी को समर्थनमा हस्ताक्षर संकलन गरी जिल्ला प्रशासन कार्यालय तौलिहवा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
विगत २४ दिनदेखि अनशनरत डा. गोविन्द के सी को समर्थनमा कपिलवस्तु जिल्लाका डा.के सी समर्थन युवाहरुले असोज १२ गते देखि रिले अनशन,धर्ना र हस्ताक्षर संकलन अभियान सञ्चालन गरेर डा.गोविन्द केसीका मागप्रति एक्यवद्धता जनाएका छन् ।

उक्त संकलित हस्ताक्षर आज बुधबार जिल्ला प्रशासन कार्यालय तौलिहवा मार्फत प्रधानमन्त्रीलाई पठाएको व्यहोरा कार्यक्रम संयोजक दिवश पौडेलले जानकारी दिनु भयो ।
संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमा बुझाएसँगै माग सम्बोधन नभएसम्म आफुहरु निरन्तर अनशन र धर्नामा निरन्तर बस्ने कार्यक्रम सह संयोजक गौरव पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा शक्ति सिह ठकुरी ,चन्द्रकान्त पोख्रेल, लक्ष्मी कुवर, विशाल बेल्बासे, मधु भुषाल, माधव आचार्य, विवेक पौडेल लगाएतका २० बढी युवाको उपस्थित रहेको थियो ।
उक्त कार्यक्रमलाई एच.एफ.एचका अध्यक्ष निर्मल शर्मा सहित सम्पुर्ण संस्था परिवारले सहजीकरण गरेको थियो ।









































