काठमाडौं, बुधबार, २१ असोज २०७७ । आज बुधबार ३ हजार ४ सय ३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४ हजार २ सय ९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को साे सङ्क्रमितसहित ९४ हजार २ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो । हाल २५ हजार सात जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । साेही संख्यामा हाेम र संस्थागत आइसाेलेसनमा बसेका छन् ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार १ सय २६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६८ हजार ६६८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।








































