काठमाडौं, १९ असोज २०७७ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश ५ को राजधानी बुटवलमै राख्न माग गरेका छन् ।
प्रदेश सरकारले विशेष समिति र विज्ञको सल्लाह वेवास्ता गर्दै षडयन्त्रपूर्वक राजधानी सार्न लागिएको खाँणले बताए ।
प्रदेश नम्बर ५ सरकारको निर्णयपछि बुटवलबाट दाङमा स्थायी राजधानी सार्ने प्रस्ताव संसदमा दर्ता भएको छ।
राजधानी सार्ने प्रस्ताव दर्ता भएसँगै बुटवल क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रिरहेका छन् । राजधानीको विषयमा यस्तो अवस्था सिर्जना हुनु दुस्खद पक्ष रहेको खाँणले बताए ।
‘प्रदेश सरकारले विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा पड्यन्त्रपूर्वक राजधानी सार्ने प्रस्तावले यस क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रन पर्ने अवस्था सिर्जना हुनु दुस्खद पक्ष हो,’ खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।








































