गण्डकी, शनिबार, १७ असोज २०७७ । गण्डकी प्रदेशमा थप १७ जना कोरोना सङ्क्रमित थप भएका छन् ।
प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार तीन जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
कोरोना संक्रमितमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन् ।
सङ्क्रमितमध्ये प्रदेशमा हालसम्म दुई हजार ८ सय ३१ जना निको भएका छन्। साथै, ३३ जनाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १ सय ३९ जना पुगेको निर्देशनालयले जनाएको छ ।








































