Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०४:२४ बिहान
- ADVERTISEMENT -

दशैँअघि नै सार्वजनिक यातायात सहज : मन्त्री बसन्तकुमार नेम्बाङ

प्रकाशित मिति: २०७७ असोज १७, शनिबार

751
Shares

काठमाडौँ, शनिबार, १७ असोज २०७७ । भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले दशैँ–तिहारअघि नै सार्वजनिक यातायात थप सहज हुने बताउनुभएको छ । उहाँले स्वास्थ्य मापदण्ड अपनाउँदै सार्वजनिक यातायात सामान्य अवस्थामै सञ्चालन हुने स्पष्ट पार्नुभयो ।

सङ्घीय संसद् अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा मन्त्री नेम्बाङले विश्वव्यापी कोरोना महामारी र भारी वर्षाका कारण विभिन्न राजमार्ग तथा पुलमा क्षति पुग्दा सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भए पनि दशैँ–तिहार, छठअगावै सहज भइसक्ने बताउनुभएको मन्त्री नेम्बाङको सचिवालयले जनाएको छ ।

उहाँले प्राकृतिक विपद्लाई रोक्न नसकिए पनि त्यसको व्यवस्थापनमा मन्त्रालय तदारुकताका साथ लागेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, भारी वर्षाका कारण बाटोमा क्षति पुगेको छ । राजमार्गहरू निर्बाध रूपमा सञ्चालन गर्नका लागि मन्त्रालयले २४ घण्टा काम गर्ने योजना बनाएको छ।

मन्त्री नेम्बाङले बढ्दो कोरोना सङ्क्रमणबीच अस्तव्यस्त अर्थतन्त्रलाई चलायमान गर्न स्वास्थ्य मापदण्ड पालना गर्दै लामो, मध्यम र छोटो दूरीका सवारी साधन खुला गरिएको प्रस्ट पार्नुभयो ।

उहाँले हवाई उडान पूर्ण सिट क्षमतामा सञ्चालन भएको र सरोकारवालाबाट गुनासो समेत आएकाले सार्वजनिक यातायात सञ्चालन मापदण्ड संशोधनका लागि कोभिड–१९ व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) मा प्रस्ताव पेस गरिएको जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले भारी वर्षा भए पनि देशभरको सडकको अवस्था राम्रो रहेको बताउनुभयो । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले प्राकृतिक प्रकोपका कारण अवरुद्ध सडक रातभरि काम गरेर भए पनि सुचारु गरिएको उल्लेख गर्नुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -