Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:११:१६ बिहान
- ADVERTISEMENT -

लकडाउन हुने भन्ने हल्ला मात्रै हो, तत्काल लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री

प्रकाशित मिति: २०७७ असोज १६, शुक्रबार

750
Shares

काठमाडौं, शुक्रबार, १६ असोज २०७७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको कारण तत्काल लकडाउन गर्ने सरकारको योजना नरहेको बताउनुभएको छ । उहाँले कोरोनाको जोखिम हटि नसकेको भन्दै स्वास्थ्य सुरक्षा र सावधानी अपनाई दैनिक व्यवहार क्रियाकलाप गर्न सबैमा आग्रह गर्नुभएको छ ।

लकडाउन हुने भन्ने हल्ला चलेको भन्दै नेपाल उद्योग बाणिज्य महासंघ र राष्ट्रिय व्यवसायिक पहलका प्रतिनिधिहरु आज स्वास्थ्यमन्त्री ढकाललाई भेट्न पुगेका थिए । उनीहरुले व्यवसायहरू विस्तारै खुल्न लागेको अवस्थामा फेरि लकडाउनको हल्लाले त्रसित बनेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न तयार रहेको मन्त्रीलाई सुनाएका थिए ।

प्रतिउत्तरमा मन्त्री ढकालले हल्लाको पछि नलाग्न अनुरोध गर्दै तत्काल लकडाउन नहुने बताउनुभएको हो । उहाँले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने वा स्यानिटाइज गर्ने विषय आफ्नै लागि हो भन्ने सोचको विकास गराउनुपर्ने बताउनुभयो । हाल काठमाडौं उपत्यका सहित देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको अवस्थामा नेपालमा ७९ हजार ७२८ जनामा कोरोना संक्रमण भइसकेको छ ।

जसमध्ये ५७ हजार ३८९ जना संक्रमण मुक्त भएका छन् । हालसम्म ५०९ जनाको मृत्यु भएको छ । बाँकी २१ हजार ८३० जना हाल पनि संक्रमितकै अवस्था (संक्रीय संक्रमित) मा रहेका छन् । यसअघि मन्त्रालयले देशभर संक्रीय संक्रमित २५ हजार बढी भए पुनः लकडाउन गर्न सरकारलाई सिफारिस गर्ने निर्णय भएको जनाएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -